काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे । हिजो बसेको सत्तारुढ दलहरूको बैठकले आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ ।‘अब सबै प्रचण्डमाथि निर्भर छ,’ यादवले भने, ‘हामीसँग कुनै समझदारी भएको छैन । तत्काल हामी सरकारमा सहभागी हुँदैनौ ।’हिजोको बैठकमा जसपालाई दुईवटा मन्त्रालय दिने अफर गरिएको थियो । त्यो पनि अरूले रोजेर बाँकी बसेको मन्त्रालय दिन खोजिएको यादवले बताए ।उनले थपे, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राजनीतिक नियुक्तिहरू, संवैधानिक नियुक्तिहरू लगायतका विषयमा छलफल हुनुपर्यो,। प्याकेजमै सहमति हुनुपर्यो भन्ने हाम्रो माग हो । दोस्रो कुरा मन्त्रालयको बाँडफाँटमा पनि जसपालाई उपेक्षा गर्ने काम भयो । त्यसैले जसपा कसैको टाङमुनि छिरेर सरकारमा जाँदैन ।’हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । साथै, उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।यदि सरकारमा सहभागी हुन नपाए प्रचण्डलाई दिएको समर्थन जसपाले फिर्ता लिन्छ ? भन्ने प्रश्नमा यादवले भने, ‘त्यतातिर अहिले हामी नजाऊँ ? अहिले हामी सरकारमा जाने अवस्था रहेन, कुरा यत्ति हो । हामीलाई यसमा दुख पनि छैन ।’सरकारमा जाने ढोका पूर्णरुपमा बन्द भने नभएको उनले बताए ।साभार : नेपाल प्रेस
जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो
३ माघ २०७९, मंगलवार ११:४४0


सम्बन्धित समाचार
१९ कार्तिक २०७९, शनिबार १७:५७0
टी-२० विश्वकप : इङ्गल्यान्ड सेमिफाइनल प्रवेश, साबिक विजेता अष्ट्रेलिया बाहिरियो
काठमाडौं । श्रीलङ्कालाई पराजित गर्दै इङ्गल्यान्ड आईसीसी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। अन्तिम दुई बल बाँकी रहँदा ४ विकेटको जित निकाल्दै इङ्गल्यान्ड सेमिफाइनल पुग्न सफल भएको हो ।यो ग्रु
Read More
१२ पुष २०७९, मंगलवार ११:५१0
अस्पतालमै शिशु छाडेर आमा फरार
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती
Read More
२९ भाद्र २०७९, बुधबार १३:०१0
राष्ट्रियसभाको बैठकमा कुन–कुन विधेयकमा भयो छलफल ?
काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बुधबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा
Read More
Comment here