जनकपुरधाम, ८ गते फागुन । महिला अधिकार दाइजो तथा बालविवाह विरुद्ध क्रियाशिल संस्था जानकी महिला सञ्जाल धनुषाको तेस्रो वार्षिक साधारण सभाबाट सोमबार नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका पुर्व कार्यपालिका सदस्य सुनिता राउतको प्रमुख आतिथ्यमा संजालका अध्यक्ष मालती ठाकुरको अध्यक्षतामा सर्बसम्मतिबाट नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिका अध्यक्षमा रिना कुमारी मंडल, उपाध्यक्षमा सरस्वती साह, महासचिवमा आभा सुमन,सचिवमा सोनी कुमारी पंडित तथा कोषाध्यक्षमा लता लामा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा इन्दु कर्ण, मेघा देवी ठाकुर,रिका कुमारी यादव तथा सिमरन पंडित रहेको संजालका कार्यालय प्रमुख देवकुमार महतोले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको सल्लाहकारमा मालती ठाकुर तथा लक्ष्मी ठाकुर चयन हुनु भएको छ । जानकी माहिला सञ्जालको सहकार्यमा गर्ल फष्ट फन्टको आर्थिक सहयोगमा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका तथा लक्षमिनियाँ गाउँपालिकामा किशोरी सशक्तिकरण कार्यक्रम संचालित रहेका छन् । उक्त परियोजना अन्तरगत जनकपुरधाम १८ मोइलमा माँ सरस्वती किशोरी क्लव, महुवामा माँ जानकी किशोरी क्लव, नगराईन नगरपालिका वडा नं. २ मा माँ दुर्गा किशोरी क्लव, श्रीराघोबाबा किशोरी क्लव, लक्षमिनियाँ गाउँपालिका अन्तरगत माँ लक्षमिनियाँ किशोरी क्लन तथा माँ भगवती किशोरी क्लवमा रहेका किशोरीहरुलाई सहभागी गराई अभियान संचालन गरिएको छ । सञ्जालका नयाँ अध्यक्ष रिना कुमारी मंडलले विभिन्न दातृनिकाय तथा अन्य सरोकारबलाहरु संग समन्वय गरि संस्थालाई सबल बनाउन पहल गरिने बताउनु भयो । नयाँ कार्य समितिका पदाधिकारीहरुलाई संगलिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्जालको आयोजनामा तिन पालिकामा विभिन्न क्रियाकलापहरु संचालनमा रहेको छ । किशोरी सशक्तिकरण कार्यक्रम अन्तरगत दहेज प्रथा तथा वालबिबाह विरुद्ध र्याली, अन्तरक्रिया विगतमा सम्पन्न भएको छ ।
जानकी महिला सञ्जाल धनुषामा नयाँ कार्यसमिति
८ फाल्गुन २०७९, सोमबार १८:३७0


सम्बन्धित समाचार
२८ मंसिर २०७८, मंगलवार १२:१८0
कोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ
जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन बिक्री गर्ने दुईजनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित स्वास्थ्य चौकीको हेल
Read More
३ असार २०७८, बिहीबार १४:५४0
काठमाडौं महानगरले मेलम्ची बाढी पीडितका लागि २ करोड सहयोग गर्ने
मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्
Read More
९ माघ २०७८, आईतवार १३:१९0
एसइई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार ब
Read More
Comment here