समाजस्वास्थ्य

जापान सरकारले पठाउने खाेप शनिबार काठमाडाैं आइपुग्दै

काठमाडौं । जापान सरकारले नेपाललाई सहयोग स्वरूप उलब्ध गराउने खाेप शनिबार काठमाडाैं आइपुग्दै छ । १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये पहिलाे चरणमा शनिबार र आइतबार गरेर ८ लाख खाेप ल्यान लागिएकाे हाे । बाँकी ८ लाख खोप भने अलि पछि नै आउने भएकाे छ ।नेपालस्थित जापानी राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै त्यसबारेमा जानकारी गराएकाे हाे । जापानी राजदूत किकुता युताकाले खोप सहयोगले नेपालको कोरोना भाइरसविरुद्धको अभियानलाई सहयोग गर्ने बताएका छन् । साभार : स्पेस खबर

Comment here