समाज

जिल्ला खाद्य अधिकार सञ्जाल धनुषा गठन

जनकपुरधाम । कोही पनि भोकै नरहुन भन्ने सिद्धान्तलाई व्यवहारमा लागु गर्न शुक्रबार जनकपुरधाममा जिल्ला खाद्य अधिकार सञ्जाल गठन गरिएको छ ।खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था फियान नेपालको आयोजनामा एक कार्यक्रमका बिच खाद्य अधिकार सुनिस्चित गर्न जिल्ला खाद्य अधिकार सञ्जाल धनुषा गठन गरिएको छ । दलित अधिकारकर्मी चन्देश्वर सदाको अध्यक्षतामा १७ सदस्यीय सञ्जाल गठन गरिएको फियान नेपालका प्रदेश नं. २ संयोजक नन्दिनी यादवले जानकारी दिनुभयो ।खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नागरिक समाजका अगुवाहरुलाई भेला गरि अभिमुखिकरण कार्यक्रम पछि उक्त सञ्जाल गठन गरिएको छ । गठित सञ्जालका उपाध्क्षमा सुभद्रा आले,सचिवमा देवकुमार महतो रहुन भएको छ । त्यस्तै सदस्यहरुमा विभिन्न संस्थाहरुलाई राखिएको छ ।ती संस्थाले एक जना फोकल पर्सनलाई उक्त सञ्जालमा सदस्यका रुपमा राख्ने जनाइएको छ । गठित सञ्जालका सदस्यहरुमा जानकी एफएम सामुदायिक रेडियो,आसमान नेपाल, दलित महिला संघ,समता फाउण्डेसन, राष्ट्रिय कृषक समुह महासंघ,निलहिरा समाज, ओरेक नेपाल, साहस नेपाल, सम्बाद समुह, राष्ट्रिय अपांग महासंघ प्रदेश नं. २,दलित सेवा समाज तथा फियान नेपाल रहेको यादवले जानकारी दिनुभयो ।

Comment here