जिल्ला युवा सञ्जाल, धनुषा द्वारा अन्तर्राष्ट्रिय युवा दिवस को अवशर पारेर जनकपुरधाम वार्ड नम्बर ८ बस्ने लाडली खातुन लाइ साइकल हस्तान्तरण गरिएको छ ।भारतको सितामढी बाट आएर बिगत ४५ बर्ष देखी बस्दै आएका मो. आलम भाडामा बस्दै आएका छन र सानो तिनो व्यापार गरेर परिवार चलाउदै आएका छन ३ छोरा र १ छोरी छन छोरी लाडली खातुन ९ कक्षा मा पढ्दैछिन। श्रावन ३१ गते तदनुसार 15 अगस्ट का दिन प्रदेश नम्बर २ सरकार बाट आयोजित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान तहत जनकपुरधाम को श्री जानकी मावि जनकपुरधाम विद्यालयले पाएको ३२ वटा साइकल कक्षा ९ की छात्राहरुलाई वितरण गरिएको वडा अध्यक्ष परमेश्वर साहले बताए ।जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहितको समेत उपस्थिती रहेको कार्यक्रममा एकजना छात्रा साइकल नपाएपछि खुबै रोइन । उनका अनुसार उनलाई भारतिय रहेको र उनीसंग जन्मदर्ता नरहेकाले साइकल प्रदान गरिएन । विद्यालयका शिक्षकले समेत साइकल नपाएकी छात्रा खातुन नियमित विद्यालय आउने जेहनदार रहेकाले साइकल दिनुपर्ने बताउछन ।विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको जानकारी गराए तर लाडली खातुनलाइ भारतिय चेली भएकै कारण साइकल दिएन। खातुन आफु नियमित विद्यालय आउने विद्यार्थी रहेकाले आफुलाई पनी साइकल पाउनु पर्ने भनी आफ्नो पिडा मिडियामा राख्यो र लाडलीको रुदै गरेको भिडियो समाजीक सञ्जाल मा भाइरल भएका थिए । समाचार बाहिर आएपछी जिल्ला युवा सञ्जाल, धनुषा को पहलमा र अस्ट्रेलियाको सिडनी निवासी नेपाली मुलका रंजीत साहको सहयोग मा एक थान साइकल, स्टेसनरी को समान र भविष्य मा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै खातुन लाइ हस्तान्तरण गरियो ।सञ्जाल का महासचिव कुलदिप साह ले जानकारी गराए।उनका अनुसार भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने अनि वर्षौ वर्ष देखि विद्यालय आउने गरेकी बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोबिज्ञानमा के असर पर्छ ?मुख्यमन्त्री संग प्रश्न गरेका छन । प्रत्येक साल भारत सरकार बाट करौडौ को आर्थिक सहयोग लिने जाबो एउटा बिधार्थीलाइ साइकल पनी बितरन गर्न नसक्नु दुखद हो ।
जिल्ला युवा सञ्जाल द्वारा लाडली खातुन लाइ साइकल हस्तान्तरण
१ भाद्र २०७८, मंगलवार ११:४५0


सम्बन्धित समाचार
५ फाल्गुन २०७८, बिहीबार ११:५३0
पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् ।कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवा
Read More
९ मंसिर २०७९, शुक्रबार १२:१५0
सर्लाही २ (क) मा कांग्रेसका जङ्गिलाल राय विजयी
सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले परा
Read More
८ चैत्र २०७८, मंगलवार १२:४६0
जल दिवसमा राष्ट्रपतिको आग्रह: पानीको मुहान संरक्षणमा जुटौं
काठमाडौं । पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण जोगाउने सन्देश बाँड्दै आज विश्व ‘जल दिवस’ मनाइँदैछ । पानीका मुहान सुक्दै गएको र यसले मानवजीवनसँगै पर्यावरणमा पर्नसक्ने जोखिन न्यूनीकरण गर्न विश्व जल द
Read More
Comment here