समाज

जील्ला युवा सञ्जाल, धनुषाको आयोजना जानकी महीला सञ्जाल को सहकार्य मा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस को अवशरमा जानकी मन्दिर को प्राङ्गनमा दिप प्रज्वलीत

जनकपुरधाम । जील्ला युवा सञ्जाल, धनुषाको आयोजना जानकी महीला सञ्जाल को सहकार्य मा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस को अवशर पारेर जानकी मन्दिर को प्राङ्गनमा दिप प्रज्वलीत गरेर शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइ कार्यक्रम सम्पन्न भएको छ ।पुरुषहरू बिचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरुषबिचको विरोधाभास परिधि, सीमा अनि समानतामा ठुलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।एक अर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरी , समानतालाई सहकार्यमा रूपान्तरण गरी नारीहरू आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्त्वपूर्ण अङ्ग हो अथार्त महीला पुरुष सहकार्य गरेर अगाडी बढ्दा भेदभाव कम हुन्छ। सञ्जाल का महासचिव कुलदिप साह को बुझाई हो ।कार्यक्रम मा राष्ट्रिय मानव अधिकार आयोग बाट मनमाया राणा मगर, महीला रक्षक सञ्जाल बाट जमुना भुजेल, शुभद्रा आले, निल हिरा समाज बाट प्रदीप यादव, उन्नत नेपाल बाट नागेन्द्र साह, सञ्चाल का अध्यक्ष धिरज साह ,महासचिव कुलदिप साह , इनद्रभुषन यादव, बुधेश्वर रजक, चन्द्रदेव साह,गुडी नायक, ज्योती मण्डल ,जानकी महीला सञ्जाल, धनुषा बाट देब महतो लगायत नेपाल प्रहरी को साथ साथै युवा बिधार्थीहरुको सहभागीता थियो जानकारी सञ्जालको कोषाध्यक्ष तथा आजको कार्यक्रमको संयोजक खुस्बु कुमारी साह ले जानकारी गराउनुभो ।

Comment here