एजेन्सी । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए । ९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए । यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यादवको निधनमा दुःख जनाउँदै यादवले आफ्नो लामो सार्वजनिक जीवनमा आफूलाई सांसद र मन्त्रीका रूपमा प्रतिष्ठित गरेको बताएका छन् । त्यस्तै राष्ट्रपति द्रौपदी मुर्मूले पनि यादवको शोक व्यक्त गरेकी छन् ।साभार : रातोपाटी
जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन
२९ पुष २०७९, शुक्रबार ११:५५0


सम्बन्धित समाचार
२१ फाल्गुन २०७८, शनिबार १९:१०0
मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु
धनुषा । आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश
Read More
२१ पुष २०७९, बिहीबार १२:०४0
शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा!
मुम्बई । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।यतिबेल
Read More
२८ पुष २०७९, बिहीबार १२:०५0
कांग्रेस जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची हो : महर
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेश
Read More
Comment here