विराटनगर। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताएका छन्।विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मानित रूपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जाेड दिए।उनले भने,’ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अनुशरण गर्न सके समाज समृद्ध हुन्छ। जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुन्छन्। वृद्धवृद्धालाई सम्मान गर्ने व्यक्तिले पनि भविष्यमा समाजबाट सम्मान पाउँदछन्।’उनले महिला जागृति तथा वृद्धाश्रमलाई महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। ‘हाम्रो तर्फबाट यस संस्थालाई पूर्ण रूपमा सहयोग रहन्छ’, महानगर प्रमुख कोइरालाले भने, ‘हामी महानगरमा आएको पनि धेरै भएको छैन, बुझ्दैछौँ के गर्न सकिन्छ गर्छौँ।’ साभार : डिसी नेपाल
ज्येष्ठ नागरिकको अनुभव अनुशरण गरे समाज समृद्ध बन्छ : कोइराला
२१ असार २०७९, मंगलवार ११:४५0


सम्बन्धित समाचार
९ पुष २०७९, शनिबार १७:०१0
ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा
जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गंगा आरतीमा सहभाग
Read More
२३ चैत्र २०७८, बुधबार २१:५७0
जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार देखि जनकपुरधाम साहित्य,कला तथा नाट्य महोत्सव २०७८ शुरु भएको छ । महोत्सवलाई नेकपा (एकिकृत समाजवादी)पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधब कु
Read More
२ चैत्र २०७८, बुधबार १२:३३0
नयाँ वर्षमा बजाजको ‘बजाज पाँचको पन्च’
काठमाडौं । बजाज बाइकको आधिकारीक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले जित्ने मौका २–३ चोटी हैन ५ चोटी नामक ग्राह योजना ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘बजाज पा
Read More
Comment here