समाज

झिझिया हेर्न गएका युवक इनारमा मृत भेटिए

सिरहा । सिरहाको नरहा गाउँपालिका -३ नया चोहर्वास्थित इनारमा आज बिहान एक युवकको शव फेला परेको छ ।गोलबजार नगरपालिका -८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षीय छोरा शत्रुधन महतोको शव इनारमा फेला परेको हो । अहिले प्रहरी शव निकालेर पोष्टमार्टमका लागि सिरहा अस्पताल लग्ने तयारी गरिएको छ।शुक्रबार राति दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका उनको शव इनारमा फेला परेको स्थानीयले बताएका छन् । उनी स्थानीय जनता नमुना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए ।महतो मृत फेला परेको इनार नजिकै दुर्गा मेला लागेको थियो । त्यहाँ झिझिया हेर्न गएका यूवाहरुबीच राति झडप समेत भएको थियो ।झडपका क्रममा भागाभाग भएको बेला उनी इनारमा खसेको हुनसक्ने वा कुटपिट गरी इनारमा फालेपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।साभार : नेपाल प्रेस

Comment here