समाज

टिकटक बनाउँने क्रममा भीरबाट खसेर मृत्यु

दाङ | टिकटक मोहको कारण विश्वभर अकालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ । नेपालमा पनि पछिल्लो समय टिकटक बनाउने क्रममा विभिन्न दुर्घटना हुँदा मृत्यु हुने खबर सार्वजनिक भइरहेका छन् ।यही क्रममा दाङमा पनि एक युवाको टिकटक बनाउँनेक्रममा भीरबाट खसेर ज्यान गएको छ । शनिबार साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजेतिर भीरबाट खसेको प्रहरीको भनाइ छ ।मृतक केसी तुलसीपुर–७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएका उनको केहीबेरमा मृत्यु भएको थियो । साभार : कोसी अनलाइन


Comment here