खेलकुदसमाज

ट्वान्टी-२० विश्वकप : नामिबियाको पहिलो जित

अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भएको खेलका क्रममा मैदानको तापक्रम ३६ डिग्रीसम्म पुगेको थियो ।जितपछि नामिबियाका जेजे स्मिट । उनले नटआउट १४ रन बनाए ।त्यसमै दक्षिण अफ्रिकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी विजले ५ छक्का र ४ चौका प्रहार गरे । त्यसकै मद्दतमा नामिबियाले ६ बल बाँकी छँदै १ सय ६५ रनको लक्ष्य पूरा गरेको थियो । विश्वकपमा नामिबियाको पहिलो ऐतिहासिक जित हो । यससँगै टोलीको सुपर १२ को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।सोमबार पहिलो खेलमा नामिबिया सन् २०१४ को विजेता श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । त्यसमा पूरा टिम ९६ रनमै अलआउट भएको थियो । म्यान अफ द म्याच विजले भने, ‘हाम्रो जित र प्रदर्शन दुवै उत्कृष्ट रह्यो । विश्वकपमा नामिबियाका लागि खेल्नुमा मेरा लागि धेरै ठूलो अर्थ छ ।’ उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाका लागि खेल्नुले अपार खुसी प्राप्त भएको बताए ।यो हारपछि नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिने तयजस्तै भएको छ । आयरल्यान्डविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्स ७ विकेटले पराजित भएको थियो । शुक्रबार हुने खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरे पनि त्यो टिमका लागि पर्याप्त हुने छैन । सन् २०१६ कोट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाका लागि खेलेका ३६ वर्षीय विजले २९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनलाई कप्तान जेरार्ड इरामसले बलियो साथ दिए । उनले २२ बलमा ३२ रन बनाएर चौथो विकेटका लागि ९३ रनको साझेदारी गरे । नामिबियालाई जितबाट रोक्न डच कप्तान पिटर सिलारले आफ्ना सात बलर प्रयोग गरेका थिए ।जितपछि कप्तान इरामसले भने, ‘विश्वकप क्रिकेटमा पहिलो खेल जित्नु नामिबिया क्रिकेटका लागि विशेष अर्थ राख्छ ।’ यसअघि प्रारम्भिक ब्याट्सम्यान म्याक ओ’डाउडले लगातार दोस्रो अर्धशतक बनाए । टिमले पहिले ब्याटिङ निम्तो स्वीकार्दै ४ विकेटमा १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डमा जन्मेका म्याकले ५६ बलमा ७० रन बनाए । यसमा एक छक्का तथा ४ चौका सामेल थिए ।साभार : कान्तिपुर

Comment here