ढल्केवर । सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रुवनारायण यादव लाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सहकारी सङ्घ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई उजृुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ । कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मङ्गलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । साभार : गोरखापत्र
ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ
४ माघ २०७९, बुधबार १२:००0


सम्बन्धित समाचार
३० चैत्र २०७८, बुधबार १६:५२0
जनकपुरधाम उपमहानगरपालिकाको मेयर कांग्रेसले नपाए बिद्रोह गरिने
अभय शर्माजनकपुरधाम । नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका अधिकांश वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका छन् ।कांग्रेसको उपमहानगर वडा समितिका सभापतिहरुको बैठकले जनकपुरधाम उपमहानगर
Read More
२० आश्विन २०७९, बिहीबार १३:०७0
विमानस्थलबाटै सन्दीप पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे
काठमाडौं । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्द
Read More
२३ श्रावण २०७९, सोमबार १२:३०0
हेटौँडामा ५ वटा गाडी एक-अर्कासँग ठोक्किए, विद्यार्थीसहित २० घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित प
Read More
Comment here