काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा ए युवक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका २ का ३६ वर्षीय विजयश्याम रञ्जितलाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ ।
उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।
प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।
साभार : विकास टाइम्स
Comment here