समाज

तत्काल नागरिकता विधेयक ल्याउन सरकारसँग उपेन्द्र यादवकाे आग्रह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।प्रेस मञ्च धनुषाले जनकपुरमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई बञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् ।उनले भने, ‘नागरिकता प्रमाणपत्र हुनु र नहुनु अलग कुरा हो । नागरिकता प्रमाणपत्र भएपछि मात्र नागरिक हुने चलन कतै छैन । त्यसैले नेपालका हरेक नागरिकलाई निर्वाचनमा सहभागी गराउनुपर्छ ।‘आमाबुवासँग जन्मसिद्ध नागरिकता छ । तर, उनीहरुका सन्तानलाई अनागरिकको व्यवहार गरिँदैछ’, अध्यक्ष यादवले थपे, ‘त्यसैले नागरिकता विधेयक पारित गरेर नागरिकताविहीन सबैलाई नागरिकता दिनुपर्छ । र, उनीहरुलाई मतदाता नामावलीमा सूचीकृत गराउनुपर्छ ।’उनले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता औंल्याए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि यादवले माग गरे ।साभार : नेपाल प्रेस

Comment here