समाज

तत्काल सवारी लाइसेन्स चाहिए अनलाइन आवेदन गर्न सकिने

काठमाडौं । यदि तपाईँलाई तुरुन्तै लाइसेन्स चाहिएको छ भने अब आकस्मिक रूपमा लाइसेन्स बनाउन आवेदन दिन सकिने भएको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ । यसअघि आकस्मिक लाइसेनस प्रिन्ट गर्न सम्बन्धित कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्नेछन् । सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने बताइएको छ। निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्नेछ ।साभार : नेपाल प्रेस

Comment here