समाज

तरकारी किसानलाई वाणिज्य संघले दिए प्रशिक्षण जनकपुरधाममा कृषि बजारको निर्माण गरिने

जनकपुरधाम २९ गते असार । धनुषा जिल्लाका विभिन्न स्थानीय तहका दर्जनौ तरकारी किसानलाई बुधबार जनकपुरधाममा तरकारी सम्बन्धी बी टु बी प्रशिक्षण दिइएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्योगा वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सहयोगमा भएको सो प्रशिक्षण कार्यक्रममा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले महासंघको उद्देश्यपरिवर्तन भई उद्योग, ट्रेडिङ, पर्यटन क्षेत्र जस्तै कृषिलाई उद्योगमा परिणत गर्ने रहेकोबताउनु भयो । उहाँले भन्नु भयो ,‘ किसानले उत्पादन गरेको कृषि उपज सामानहरुलाई समुचित मुल्यमा खरिद गर्ने वातावरण बनाई किसानलाई उचित मुल्य प्रदान गर्ने लक्ष्य रहेको छ । ’ उहाँले कृषि उद्यम केन्द्रको समन्वयमा जनकपुरधाममा कृषि बजारको निर्माणको प्रक्रिया अगाडी बढेको बताउनु भयो । जनकपुरधाम उद्योग वाणिज्य संघ तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त पहलमा गुठी बाट माग गरेको बताउदै सो बजारमा कोल्ड स्टोर, आलु ,फलफुल लगायतका बजार लाग्ने प्रक्रियामा आफुहरु काम थालनी गरेको बताउनु भयो । यसबाट कृषकले आफुले उत्पादन गरेकोकृषि उपज सामानहरु उपभोक्ता संग प्रत्यक्ष रुपमा विक्री गर्दा बढी आम्दनी पनिहुने र उपभोक्तालाई सस्तोमा समेत सामान पाउने उहाँले बताउनु भयो । सो प्रशिक्षण कार्यक्रममा कृषि ज्ञान केन्द्र धनुषाका प्रशिक्षक प्रदिप कुमार यादवले थोपा सिचाई प्रणाली, घासपात, तरकारीका बोक्रा, गोबरबाट प्राङगारिक मल बनाउने तरिका, कम लगानीमा बढी तरकारी उत्पादन गरी आम्दनी बढाउने तरिका लगायतका विषयमा सहभागी किसानहरुलाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जनकपुरधामका प्रशिक्षक राहलदेव साहले बैज्ञानिक तरिकाले धान लगायतका बाली उद्यपादन तथा कृषि उपकरणहरुको बारेमा सहभागी किसानलाई जानकारी गराई बैज्ञानिक आधारमा कृषिको काम गर्न प्रत्साहन गर्नुभयो ।यस्तो तालिमले किसानहरुलाई आफ्नो कामगर्नउत्साहित बनाएको र अगामी दिनमा यस्तौ प्रकारका तालिम किसानहरुलाई प्रदान गर्न आयोजकलाई सहभागी किसानहरुले आग्रह गरेका छन् । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अधिकृत प्रदप दत्त जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा किसानहरुको सहभागिता रहेको थियो ।

Comment here