जनकपुरधाम । संयुक्त राष्ट्रसङ्घको आह्वानमा बि. स. २०५६ अर्थात् सन् १९९९ को अगस्ट १२ तारिखको दिन देखि “अन्तराष्ट्रिय युवा दिवस” विश्वभर मनाउन थालिएको हो। नेपालमा भने सन् २००४ देखि मात्रै अन्तराष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो । हरेक वर्ष अगस्ट १२ को दिन विभिन्न किसीमका युवा सम्बन्धी नाराहरूका साथ अन्तराष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ। त्यस्तै धनुषा जील्ला मा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्ष देखी निरन्तर रुपमा बिभिन्न संघ संस्थाहरु संग सहकार्य गरेर कार्यक्रमहरु गरी युवा दिवस मनाउदै आएका छन । यो साल संयुक्त राष्ट्रसंघले तय गरेको Transforming Food Systems: Youth Innovation for Human and Planetary Health भन्ने नाराका साथ जिल्ला युवा सञ्जाल, धनुषा को अगुवाइ मा र बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्य मा बिभिन्न् कार्यक्रम हरु आयोजनामा गर्ने लागेका छौ । * तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरेका छन । कार्यक्रम हरुको नाम * 2078/04/28 गते कोभिड सचेतना प्रदर्शनी क्याम्पसचौक देखी जानकीमन्दिरसम्म(प्रदर्शनी मा कोराना भाइरस,यमराज, डाक्टर बनेर झाकी गरी नेपाल सरकारो मास्क लगाउ अभियानलाइ आत्मसात गर्दै मास्क बितरन पनी गर्ने ) र साझमा जानकीमन्दिर को प्राङ्गनमा दिप प्रज्वलीत गरी 2 ओटा युवा महीला उधमी लाइ आर्थिक सहयोग गर्ने, * 2078/04/29 गते शुक्रबार ट्राफिक सचेतना संगै नेपाल सरकारको मास्क लगाउ अभियानलाइ सहयोग गर्ने 2078/04/30 गते शनिबार रक्तदान कार्यक्रम गरी रेडियो मा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी मनाउने। * साझेदारी संस्था हरुको नाम प्रदेश सरकार 2, जनकपुरधाम उप महा नगरपालिका, नेपाल प्रहरी,वेरेक, नेपाल, इन्सेक, उन्नत नेपाल, WHRD, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जि. ट्राफिक कार्यालय धनुषा ,नील हीरा समाज , माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपाल हृदय फाउन्डेसन , रङ्गदर्पण छन, महीला मैत्री समाज र एडभोकेसी फोरम लगायत का संस्था हरु छन। जील्ला युवा सञ्जाल धनुषाका महासचिव कुलदिप साह मधेशी को अनुशार यो पाली को अन्तराष्ट्रिय युवा दिवस हामी कोरोना भाइरस लाइ मध्य नजर गर्दै कार्यक्रम हरु सार्वजनिक गरेका छौ। अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ । युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालाि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन्। युवा दिवस को अवशरमा सञ्जाल का महासचिव कुलदिप साह मधेशीले सम्पूर्ण युवाहरुलाई शुभकामना दिदै कोरोना भाइरस संग लडेर, डटेर आफ्नो जीबनको उदेश्य प्रती अगाडी बढौ भने अनुरोध गरिएको छ संग अभिभावक हरु लाइ पनी घरमा यो बिसम परिस्थितिलाई मध्यनजर गरी युवाहरुलाई अनावश्यक तनाव नदिन अनुरोध गरिएको छ। सरकारको अहीले कोरोना भाइरस लाइ न्यनीकरन गर्न को लागी ल्याएको निती मा युवाहरुलाई प्राथमिकतामा नराखेको ले असन्तोष जाहेर गरेका छन । कोभिड को खोप मा युवाहरुको सहजै पहुच नहुनु दुखद हो युवा नै देशको कर्णधार हो कोभिड खोप नलगाएको कारण धेरै युवाहरु लाइ घर भन्दा बाहिर काम गर्न गार्हो हुदै छ , बाहिर पढ्न जान पाइ रहे छैन, समयमा परिक्षा पनी भइरहे छैन जसले गर्दा युवहरुमा नकारात्मक प्रभाव पर्दैछन र सरकार प्रती असन्तुष्ट छन।
तीन दिवसीय अन्तराष्ट्रिय युवा दिवस जनकपुरमा मनाइँदै
२८ श्रावण २०७८, बिहीबार १३:३९0
सम्बन्धित समाचार
२४ श्रावण २०७८, आईतवार १५:०९0
जसपा ठाकुर पक्षको सक्रियता बढ्यो, आज ४ जिल्लामा भेला
काठमाडौं । पार्टीमा वैधानिकता नपाए पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले तराईका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ ।ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अ
Read More
४ कार्तिक २०७८, बिहीबार १२:२३0
विश्वमा बढ्दो मूल्यवृद्धि र नेपाल
गुणाकर भट्ट
शोधनान्तर घाटा, आर्थिक क्रियाकलाप विस्तार हुने क्रममा आयात थप बढ्ने सम्भावना, रेमिट्यान्स आप्रवाहमा चुहावटको जोखिम जस्ता कारण बैंकिङ क्षेत्रमा समेत साधनको स्रोत र उपयोगका बीच ग्याप
Read More
२६ पुष २०७९, मंगलवार ११:५७0
अमेरिकी सेना नेपाल आयो
काठमाडौं। छाउनीमा नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु भएको छ। उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ।
आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका स
Read More
Comment here