समाज

तेस्रो मुलुकबाट आयात निर्यात संचालनमा सहज गर्न व्यापारीले दिए ज्ञापनपत्र

जनकपुरधाम
फागुन १० गते ।
व्यापारीहरुलाई व्यवासाय गर्न सहज हुने उद्देश्यका साथ जनकपुरधाम उद्योग वाणिज्यसंघले भन्सार विभाग काठमाडौँमा ज्ञापनपत्र पठाएको छ । संघका अध्यक्ष जितेन्द्र कुमार महासेठको अध्यक्षतामा जलेश्वर भन्सार कार्यालय पुगेका व्यापारीहरु तेस्रो मुलुकबाट वस्तुआयात निर्यात सेवा संचालन गर्न कार्यालय मार्फत भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र पठाएका हुन। जलेश्वर भन्सारबाट आयात निर्यात हुदाँ जनकपुरधाम क्षेत्रका व्यापारी तथा उपभोक्तालाई सहज हुने भएकाले यस क्षेत्रको आर्थिक विकासकालागि जलेश्वर भन्सार नाकाबाट तेस्रोे मुलकका सामान ल्याउन तथा बठाउन सहज बनाउन आग्रह गरिएको अध्यक्ष महासेठले जानकारी दिनुभयो । अहिले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, सिन्धुली तथा उदयपुर जिल्लाका उद्योगी व्यवसायीहरु तेस्रो मुलुकबाट बस्तु आयात निर्यात विरगञ्ज तथा विराटनगर भन्सार कार्यालय मार्फत गरिरहेका छन् । दुईटै भन्सार कार्यालयमा चाप बढेकाले भन्सार क्लियरेन्स गराउन समस्या हुनुका साथै डिटेशन चार्ज समेत लागिरहेकाले जलेश्वर भन्सार कार्यालयबाट सो काम हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएकोछ । जनकपुरधाम मधेश प्रदेशको राजधान भईसकेको अवस्थामा यहाँका व्यवसायीहरुलाई व्यापारमा सहज गर्न जलेश्वर भंसार कार्यालयबाट सो काम हुनुपर्ने संघका पुर्व अध्यक्ष निर्मल चौधरीले बताउनु भयो । सो ज्ञापनपत्र बुझाउन जनकपुरधाम उद्योग वाणिज्यसंघका पुर्वअध्यक्ष निर्मल चौधरी,अध्यक्ष जितेन्द्र कुमार महासेठ, वरिष्ठ उमाध्यक्ष मनिष रमन साह,उपाध्यक्ष अम्बु प्रसाद साह,सचिव फुलदेव पंडित, कोषाध्यक्ष परमेश्वर साह लगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Comment here