समाज

त्रिभुवन विमानस्थलमा आज दिनभर उडान प्रभावित हुने

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिनभरका उडान प्रभावित हुने भएको छ ।विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको हो ।सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने बताइएको छ ।उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने अनुमान छ ।विमानस्थल कार्यालयद्वारा जारी सूचनामा विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुने बताइएको छ । साभार : कोसी अनलाइन


Comment here