मनोरंजनसमाज

‘थडम’को हिन्दी रिमेक बन्ने

काठमाडौं । तमिल सस्पेन्स थ्रिलर फिल्म ‘थडम’को हिन्दी रिमेक बन्ने पक्का भएको छ । सन् २०२० मा फिल्मको हिन्दी रिमेकलाई लिएर धेरै गसिप चलेको थियो । त्यस समय फिल्ममा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिनसक्ने चर्चा थियो । करिब एक वर्षपछि ‘थडम’को हिन्दी रिमेकमा आदित्य राय कपुर मुख्य भूमिकामा देखिने घोषणा गरिएको छ । अनटाइटल फिल्ममा अदित्य पहिलो  पटक  दोहोरो भूमिकामा देखिने छन् । फिल्मलाई  वर्धन केटकरले निर्देशन गर्ने छन् । 

२०१९ मा रिलिज भएको फिल्म ‘थडम’मा अरुण विजय मुख्य भूमिकामा छन् । फिल्मलाई एम थिरुमेनीले निर्देशन गरेका थिए । यस्तै फिल्मको तेलुगु रिमेक ‘रेड’ सन् २०२१ मा आएको थियो । फिल्ममा राम पोथेनेनी मुख्य भूमिकामा छन् ।

साभार : कोसी अनलाइन

Comment here