समाज

थप २६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणबाट ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ।यसैगरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना संक्रमि डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।

Comment here