धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् । यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मङ्गलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए । चार जना पक्राउ परेपनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साभार : गोरखापत्र
थुनुवा फरार घटना : थप एकजना पक्राउ
१९ माघ २०७९, बिहीबार १२:०४0


सम्बन्धित समाचार
२७ श्रावण २०७८, बुधबार १३:२६0
कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागतको तयारी
काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् । आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्
Read More
२२ जेष्ठ २०७९, आईतवार १३:३५0
जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक : नगर प्रमुख साह
राहुल कुमार सिंह, जनकपुरधाम । विश्व वातावरण दिवस, जनकपुरसहित देशभर विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ । दिवसको अवसरमा एनएमबी बैंक जनकपुर शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । जनकपुरधाम उपमह
Read More
१५ मंसिर २०७९, बिहीबार १२:२२0
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार (समाज)को २६औँ वार्षिकोत्सव का
Read More
Comment here