समाज

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट, सर्वोच्चको फैसलाको अवज्ञा भएको जिकिर

काठमाडौं । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च गएका हुन् ।शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी सरकारले मंगलबार अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएलगत्तै एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको प्रक्रियामा गइसकेका छन् ।

व्यवस्थापिका संसदको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न माग गर्दै रिट दायर भएको हो । संसदलाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरतालाई बढावा दिएको रिटमा दावी गरिएको छ । सर्वोच्च अदालतका पछिल्ला फैसलाको समेत विपरीत हुने गरी सरकारले अध्यादेश ल्याएकाले बदरभागी रहेको रिट निवेदकहरूको दावी छ ।साभार : नेपाल प्रेस

Comment here