समाज

दुई दिनको शिशुसहित ललितपुरमा एकै परिवारका पाँचजनाको मृत्यु

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । घाइते अवस्थामा भेटिएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान घाइते छन् । काइली, सुयासकी आमा हुन् ।साभार : नेपाल प्रेस

Comment here