जनकपुरधाम । नेपाल–भारत बीचको सम्बन्ध यो संसारकै सबै भन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहन–सहन र बेटीरोटीको सम्बन्ध हो । यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा सनातन बैदिक हिन्दु धर्मका भगवान पुरुषोत्म श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दीर निर्माण कार्यको शुरुवात भएको र यस शुभ–कार्यमा हिन्दु धमावलम्बीहरुले भगवान् विष्णुको अवतारका रुपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीवाट लगिएको हुनाले दुई देश बीचको सम्बन्धलाई पुनः नविकरण गरेको छ । त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो । छ करोड साल पुरानो शिला नेपालको कालीगण्डकीवाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने व्रmममा वाटो स्वःस्फूर्त निस्केका श्रद्धालुहरुको उपस्थितिले नेपाल–भारत सम्बन्ध स्वतः मजबुत भएको र त्यसको महत्वलाई थप उचाईमा पुर्याएको छ । नेपाल–भारत बीचको सम्बन्ध धार्मिक मात्र नभई पारिवारिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय लगायत कामदारहरुको आदान प्रदानका सम्बन्ध पनि पर्दछन् । तसर्थ यस दुई देश बीचको पवित्र सम्बन्धलाई अझ बजमुत बनाउन नेपाल–भारत खुला सिमा संवाद समुह निरन्तर प्रयत्नशील रहदै आएका छौ । नेपाल–भारत सम्बन्ध अजरअमर रहनेमा हामी विश्वस्त पनि रहेका छौ ।यस अवसरमा हामी सुभेच्छा प्रकट गर्दछौं ।
दुई देश बीचको पवित्र सम्बन्धलाई अझ मजबुत बनाउन नेपाल–भारत खुला सिमा संवाद समुह निरन्तर प्रयत्नशील
१८ माघ २०७९, बुधबार २०:५३0


सम्बन्धित समाचार
२५ फाल्गुन २०७९, बिहीबार १२:४८0
बलिउड अभिनेता सतीश कौशिकको हृदयघातबाट निधन
काठमाडौं । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए । बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक
Read More
१८ आश्विन २०७९, मंगलवार १६:३७0
जनकपुरको राजदेवीमा झण्डै १५ हजार बोकाको बली
जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि चढेको छ ।
महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । सो अनुसार सोमवार राति पैने ९ बजेबाट बलि चढाउन
Read More
९ चैत्र २०७८, बुधबार १२:२३0
कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल
लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुख
Read More
Comment here