समाज

दुई पालिकामा बाल अधिकार समिति गठन्

जनकपुरधाम, १९ गते जेठ ।
बालबालिकाको अधिकारका लागि स्थानीय तहहरुमा सक्रियता देखाएका सामाजिक विकास तथा अनुसन्धान केन्द्रको पहलनमा बिहिबार जिल्लाको दुई पालिकामा बाल अधिकार समिति गठन गरिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र सामाजिकविकास र अनुसन्धान केन्द्रको सहजिकरणमा संचालित बाल संरक्षण परियोजना अन्तर्गत विदेह नगरपालिकावडा नं ७ मा र जनकनन्दनीगाउँपालिकावडा नं ४ मावडा स्तरीय बालअधिकार समिती गठन कार्यक्रम सम्पन्न भएको छ ।
विदेह नगरपालिकामा वडा नम्बर ७ का वडाअध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिकविकास र अनुसन्धान केन्द्रको बाल संरक्षण परियोजनाको कार्यक्रम अधिकृत अनिल साहले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको अन्तमा विदेह नगरपालिका वडा नं ७ को अध्यक्ष राजकिशोर सिंहको अध्यक्षतामा बालअधिकार समिती गठन गरियो । कार्यक्रममा वडाअध्यक्ष सिंहले अब सम्पुर्ण सदस्य मिलेर वडालाई बालमैत्री बनाउनु पर्ने र यसको लागि सम्पुर्ण सदस्यहरु सक्रिय रुपमालाग्नु पर्ने विचार राख्नुभयो ।
त्यस्तै बिहिबार नै सामाजिकविकास र अनुसन्धान केन्द्रको बाल संरक्षण परियोजनाको कार्यक्रम संयोजक अमित यादवको सहजिकरणमा, जनकनन्दनी गाउपालिका वडा नं४ मा पनि वडा अध्यक्ष दिलिपकुमार यादवको अध्यक्षतामा बालअधिकार समिती गठन गरिएको छ । कार्यक्रमको अन्तमा वडाअध्यक्ष यादवले वडा नं.४ भित्र भएको बालबालिकाहरुको विवरण, बालबालिका क्षेत्रमा काम गर्ने संस्थाहरु तथा बालक्लब, संजालहरुको तथ्यांक संकलन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comment here