समाज

दुई वटा पात खस्दैमा रुखले पीर मानेर बस्दैन:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन्।शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा ओलीले नेपाललाई संकेत गर्दै एक दुई वटा पात खस्दैमा रुखले पीर मानेर नबस्ने धारणा राखे। उनले भने, ‘नयाँ नयाँ पालुवाहरु पलाउँदैछन्।माधवकुमार नेपाल महासागरको जस्तो एमाले पार्टीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेर सूर्य चिन्हलाई धक्का दिएर हसिंया हतौडालाई साथ दिएर पार्टीलाई ध्वस्त पार्न लागेको आरोप समेत लगाए।ओलीले भने, ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ। माधव कमरेड सम्झिनुभएन।’उनले जनादेशबाट आफ्नो सरकार नहटेको भन्दै जालझेलबाट हटाइएको दाबी गरे।साभार : स्पेस खबर

Comment here