काठमाडौं । नेपालमा थप दुई हजार १ सय ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जना सङ्क्रमित थपिएका हुन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक सङ्ख्या ९ हजार ३६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।
साभार : कोसी अनलाइन
Comment here