समाजस्वास्थ्य

दुई हजार नौ सय पाँच जनामा कोरोना सङ्क्रमण

काठमाडौं | विगत २४ घण्टामा देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो समयमा १३ हजार सात सय १७ परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ हजार आठ सय एक पिसिआर परीक्षण गर्दा दुई हजार १० तथा चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, २४ घण्टाको अवधिमा  १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नाै हजार चार सय ३० पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

Comment here