जनकपुरधाम २४ गते जेठ ।
विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर दुग्ध व्यवसायीहरुसंग खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यालयले जनकपुरधाम लगायतका क्षेत्रमा डेरी संचालन गर्दै आएका व्यवसायीहरुलाई दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता अभिबृधिका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख विजय खनालले दुग्ध पदार्थको व्यवसाय गर्न अनुज्ञापत्र अनिवार्य रुपमा लिनुपर्ने बताउनु भयो । व्यवसायीहरुले अनिवार्य रुपमा डिफ्रिजलाई नियमित रुपमा सरफाई गरी राख्नुपर्ने तथा दुधमा सोडाको प्रयोग नगर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा जनकपुर दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीले गुणस्तरीय दुग्ध पदार्थ विक्री गर्नुका साथै सरकारी मापदण्ड पुरा गरीमात्र दुग्ध डेरी संचालन गर्नुपर्ने बताउनु भयो । राज्यको निर्देशिका अबलम्बन गरी गुणस्तरीय पदार्थ बेच्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले उपभोक्ताको स्वास्थ्य संग खेलवाड नगरी स्वच्छ दुध बेच्न व्यवासयीहरुलाई आग्रह गर्नुभयो । दुग्घ व्यवसायी अन्य उपभोग्य बस्तुको उपभोक्ता समेत भएकाले आफुले अन्य सामान खरिद गर्दा गुणस्तरीयताको खयाल गरे जस्तै स्वस्थ र स्वच्छ दुधको बिक्री गर्न आग्रह गर्नुभयो । सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रय सदस्य सुभद्रा आले समेत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय जनकपुरका खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झा, खाद्य निरिक्षक प्रविण कुमार तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका जनकपुर नगर अध्यक्ष बटुकनाथ झा, दुग्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।


Comment here