काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्र निधीले पहिलो चरणमा प्रधानमन्त्री दिन नसक्ने र राष्ट्रपति पनि छाड्न नसकिने भएको भन्दै प्रचण्डलाई गठबन्धनमै रहन आग्रह गरेको स्रोतले बताएको छ ।बिहान खुमलटार पुगेका निधिलाई प्रचण्डले प्रधानमन्त्री त्यागेर गठबन्धनमा बस्न नसकिने सुनाएका छन् । लगत्तै शीर्ष नेतासँग छलफल गरेर प्रचण्ड देउवालाई पार्टीको बटमलाइन सुनाउन बालुवाटार लागेका छन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।कांग्रेसको उक्त सन्देशपछि प्रचण्डले देउवासँग निर्णायक छलफल गर्न लागेको नेता शक्ति बस्नेतले नेपाल प्रेसलाई बताए ।देउवाले दुई दिनअघिदेखि नै रामचन्द्र पौडेल, प्रकाशमानलगायतका नेता लगाएर प्रचण्डलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका थिए ।साभार : नेपाल प्रेस
देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धन नछाड्नुस्
१० पुष २०७९, आईतवार १२:०७0


सम्बन्धित समाचार
२४ माघ २०७९, मंगलवार ११:५९0
मधेस सरकारमा सहभागी भयो माओवादी, दुई मन्त्री थपिए
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका एक घटक नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुन सहमत भएपछि सरकार पूर्णता पाउन लागेको हो ।मुख्यमन्त्री सरोज कुमार यादवले
Read More
२४ मंसिर २०७९, शनिबार १९:४०0
लैंगिक हिँसा विरुद्ध विद्यार्थी संग अन्तरक्रिया सम्पन्न
जनकपुरधाम २४ गते मंसिर । लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान संचालन भईरहदा धनुषाको दुई वटा विद्यालयका सय भन्दा बढी विद्यार्थीहरुलाई लैँगिक हिँसाका विरुद्ध जानकारी गराइएको छ । सभ्य समाजको पहि
Read More
१४ पुष २०७८, बुधबार ११:४९0
प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको अध्यक्षतामा समिति गठन
जनकपुरधाम। प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो। मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर
Read More
Comment here