समाज

देशभरका साँसदहरुलाई जनकपुरका होटेलमा विशेष छुट

प्रदेश सभा प्रदेश नं. २ मा राजधानी र प्रदेशको नामाकरणका क्रममा केहि साँसदले जनकपुरधाम मँहगो रहेको टिप्पणी गरेपछि व्यवसायीहरुले छुटको व्यवस्था गरेको छ । जनकपुरधामलाई राजधानी बनाउने सम्बन्धमा केहि साँसदले नियत बस जनकपुरधामलाई बदनाम गराउन खोजेको भन्दै होटेल एशोसिएसन नेपाल प्रदेश नं. २, होटेल व्यवसायी तथा पर्यटन संघ र जनकपुरधाम उद्योग वाणिज्य संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै जनकपुरधामका विभिन्न होटेलहरुमा साँसदहरुलाई लजिङ(बास)मा २५ प्रतिसत र फुटिङ(खाना)मा १० प्रतिसत छुट दिने घोषणा गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले सो विज्ञप्ती पढ्दै यो जानकारी गराउनु भएको हो । यी सुबिधा उपलब्ध गराउने होटलहरुमा होल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरवार, रामजानकी, अन्नपुर्ण, सीता पैलेस, बृन्दावल, शुभम्, राजघराना, होटेल आनन्द, सिटि स्टार, रामा तथा परफेक्ट होटेल रहेको होटेल एशोसिएसन नेपाल प्रदेश नं. २ को तर्फबाट विजय झुनझुनवाला, होटेल व्यवासयी तथा पर्यटन संघका तर्फबाट सुरेन्द्र कुमार भंडारी तथा जनकपुरधाम उद्योग वाणिज्य संघका तर्फबाट जितेन्द्र महासेठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटेल व्यवसायी झुनझुनवालाले जनकपुरधाम होटेल अन्य स्थानको होटेलको तुलनामा महँगो नभएको दावी गर्दै जनकपुरधामलाई बदनाम गराउन केहि पक्ष लागेको बताउनु भयो । आइतबार भएको प्रदेश सभाको बैठका विरगञ्जका केहि प्रदेश सभा सदस्यहरुले जनकपुरधाम मँहगो भएको भन्दै प्रदेशको राजधानी वीरगञ्ज बनाउनु पर्ने तर्क दिएका थिए ।

Comment here