समाज

देशभर आन्दोलन गर्ने दलित मुक्ति जागरण अभियानको चेतावनी

सिरहा ।सिराहाको गोलबजार नगरपालिका ६, मा छुरा प्रहार गरी २५ वर्षीय रामकुमार सदायको ज्यान लिएको घटनाको विरोधमा देशभर आन्दोलन गर्ने चे तावनी राष्ट्रिय दलित मुक्ति जागरण अभियानले दिएको छ ।अभियानकी सिरहा अध्यक्ष शशिमित्रा माझीले प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कार्वाहीको माग गरेकी हुन् । कानुनी राज्यको प्रत्याभूति पीडित परिवारले नपाए देशभर कडा संघर्षमा उत्रिने चेतावनी विज्ञप्तीमा दिइएको छ ।

प्रहरीले प्रशासनले न्याय दिनुको साटो आक्रोशित गोलबजारमा आन्दोलनकारीमाथि बाहिरबाट थप सुरक्षाकर्मी मगाएर दमन गरिएकोमा अभियानले दुःख व्यक्त गरेको छ । दमन गर्नु अत्यन्त निन्दनीय रहेको भन्दै सम्बन्धित निकायले दोषीलाई अविलम्ब पक्राउ गर्न अभियानको माग छ ।सिरहाको गोलबजार नपा ६ मा गत शनिवार साँझ छुरा प्रहारबाट स्थानीय २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको छ भने १९ वर्षीय निकेश सदाय घाईते भई उपचाररत छन् । योजनाबद्ध र षड्यन्त्रपूर्वक तरिकाले दलित युवाहरूमाथि छुरा प्रहार भएको ठहर पनि अभियानले गरेको छ ।

दिनदिनै दलित समुदायमाथि भइरहेको यसखाले विभिन्न अमानवीय घटनाहरुबाट दलित समुदाय त्रसित भइरहेको अभियानको विज्ञप्तीमा उल्लेख छ । घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगर्दा आईतवार र सोमवार गोलबजारमा राजमार्ग अवरुद्ध गरिएको थियो ।साभार : टुडेएनपी


Comment here