जनकपुरधाम, फागुन २५ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका किसानहरुाई सामुहिक हरियो तरकारी बजारीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा सो नगरपालिकाका वडा नं. ७ का जनकल्याण तरकारी समुह र फुलकाहाकट्टी तरकारी उत्पादन कृषक समुह बिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तरकारी आपुर्ति श्रंखला सम्बन्धी व्यापारी, सेवा प्रदायक र किसान बिच दिगो बजार विस्तारको लागि सो अन्तरक्रिया गरिएको थियो । तरकारी उत्पादन बृद्धि गर्न सेवा प्रदायक र उत्पादक बिचको सम्बन्धलाई सहजीकरण गर्ने तरकारी व्यवसायीको लागिसम्बन्धित आपुर्ति श्रृंखलाको दृष्टिकोण अभिबृद्धि गर्न सहयोग गर्ने गरेको समृद्धि आयोजनाका आपुर्ति श्रृंखला सुपरिवेक्षक विष्णुदेव झाले बताउनु भयो । सो अन्तरक्रियामा व्यवसायीहरु बिच लागत क र मुल्यबारे वार्ता,सामुहिक बजारीकरणको सुरुवात गर्न तरकारी उत्पादक कृषक समुह र व्यापारी तथा संकलककर्ता बिच खरिद विक्री सम्झौता समेत भएको उहाँले बताउनु भयो । तरकारी समुहका किसानहरुलाई बार्षिक तरकारी उत्पादन योजना, बेमौसमी खेती गर्ने प्रक्रिया तथा गुणस्तरीय विउविजनका फाइदाका बारेमा अन्तरक्रियामा सहभागी शिब विज भंडारका संचालक शिबकुमार महतोले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।सो कार्यक्रममा तरकारी व्यापारी रामभरोश कापर, बगहा कृषि सहकारी संस्था लिमिटेड कर्जनहाका अध्यक्ष रामकुमार महतोले सहकारी तथा समृद्धि आयोजनाको सहयोगमा संचालनमा रहेको सामुहिक तरकारी बजारीकरणका बारेमा आफ्ना अनुभव बताउनु भएको थियो । कार्यक्रममा आयोजनाका आपुतिर्ए श्र्रंखलाका सुपरिवेक्षक प्रकाश खड्काको समेत सहभागिता रहेको थियो ।
धनगढीमाईका कृषक संग समृद्धिको अन्तरक्रिया
२५ फाल्गुन २०७९, बिहीबार १९:१६0


सम्बन्धित समाचार
२५ मंसिर २०७८, शनिबार १८:२०0
यौनजन्य हिंसाविरुद्धको लघु चलचित्रमा फगुनिया प्रथम
काठमाडौं ।टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धामा सरिता शाहको फगुनिया पहिलो भएको छ । शाहले रु २५
Read More
२३ भाद्र २०७८, बुधबार १६:५६0
बिराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्यकार्यालय महोत्तरी मार्फत ७ लाख बरावरको स्वास्थ्य सामग्रीप्रदान
जनकपुरधाम, २३ गते भदौ । बिराट नेपाल मेडिकल ट्रष्टलेमहोत्तरीकाविभिन्न स्थानीयतहका१० वटा स्वास्थ्य संस्थामाकार्यरत स्वास्थ्यकर्मीकालागिस्वास्थ्य सामग्रीप्रदान गरेका छन् ।ट्रष्टका जिल्लाकार्याक्रम संयोज
Read More
१८ माघ २०७९, बुधबार १२:०९0
देवशिलाको गोरखपुरमा पूजाआजा, आज अयोध्या पुर्याइदै
गोरखपुर । भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ ।शिला पूजामा गोरखनाथ मन्दिरका
Read More
Comment here