समाज

धनुषाका सिडिओ बास्तोलालाई व्यापार संघले गरे विदाई, सिडिओलाई व्यापार संघको सहयोग अपरिहार्य

जनकपुरधाम २५ गते पुस । जिल्ला प्रशासन कार्यालय धनुषाबाट गृह मन्त्रालयमा सरुवा हुनु भएका धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलालाई जनकपुरधाम उद्योग वाणिज्य संघले विदाई गरेको छ । सरुवा भएर जान लागेको सिडिओ वास्तोलाई दिन भर विभिन्न संस्थाका पदाधिकारीले विदाई गरेका थिए । साँझ जनकपुरधाम उद्योग वाणिज्य संघले गरेको विदाई कार्यक्रममा बोल्दै सिडिओ वास्तोलाले आफ्नो १४ महिनाको धनुषा बसाईका क्रममा जनकपुरधाम उद्योग वाणिज्यसंघको सहयोग अविस्मरणिय रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘कोरोना कालमा अक्सिजनको आभावका बेला जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ लगायत उहाँको टिमको योगदान महत्वपुर्ण थियो ।’ समस्या परेको बेलामा प्रसाशणलाई अध्यक्ष महासेठले गरेको सहयोगले धनुषाको १८ वटै स्थानीय तहमा महासेठ जस्तो नेतृत्वको आवश्यक्ता रहेको भन्नु भयो ।धनुषा बसाईको क्रममा दुई वर्षको विवाहपञ्चमीलाई व्यवस्थापन गर्ने मौक पाउनु पनि आफ्नो लागि अविश्मरणीय रहेको बताउदै उहाँले एक लाख जनसंख्या भएको डडेल्धुराबाट ८ लाखको जनसंख्या तथा प्रदेशको राजधानी जस्तो व्यस्त ठाउँ धनुषामा सिडिओ हुँदा धेरै अनुभव भएको उहाँले बताउनु भयो । विदाई कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष तथा मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, लोसपाका नेता मनोज चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह,उपाध्यक्ष अम्बु प्रसाद साह,कोषाध्यक्ष परमेश्वर साह लगायतका संघका पदाधिकारी तथा कार्य समिति सदस्यको उपस्थिती रहेको थियो ।

Comment here