समाज

धनुषाको ६ र महोत्तरीको ५ पालिकाकाका महिला जनप्रतिनिधीलाई माण्डवीले दिए निर्वाचन लक्षित तालिम


जनकपुरधाम १ गते बैसाख । स्थानीय तहको निर्वाचन नजिक आईरहेको बेलामा माण्डवी नामक गैर सरकारी संस्थाले धनुषाका ६ र महोत्तरीका ५ स्थानीय तहका महिला जनप्रतिनिधीहरुलाई निर्वाचन लक्षित तालिम प्रदान गरेको छ । जनकपुरधामका २५ वटै वडाका महिला जनप्रतिनिधीहरुलाई प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित चार दिने बुट क्याम्प प्रशिक्षण दिइएको छ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा चैत १८ गते देखि २१ गते सम्म र चैत २७ गते देखि ३० गते सम्म चार दिने सो प्रशिक्षण दिइएको हो । त्यस्तै धनुषाका धनुषाधाम, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिका महिला जनप्रतिनिधिहरुलाई तालिम प्रदान गरेको छ । त्यस्तै महोत्तरीका जलेवरनाथ नगरपालिका,पिपरा गाउँपालिका, औरही नगरपालिका, भंगहा नगरपालिका तथा बर्दिबास नगरपालिकाका जनप्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको माण्डवीका कार्यक्रम अधिकृत अमित यादवले जानकारी दिनुभयो । अबको चुनावमा कसरी मतदाता संग मतलिने र समाज रुपान्तरणमा जनप्रतिनिधीको रुपमा कसरी काम गर्ने बारेमा प्रशिक्षण दिइएको छ । माण्डवीको शी लिड्स नेपाल महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधीहरुलाई आफुहरुले गरेको काम तथा अगामी योजना सहित जनतामा जान प्रशिक्षक दिइएको छ । महिला वडा सदस्यहरुलाई स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण(बुट क्याम्प) अन्तरगतस्थानीय तह निर्वाचनको परिचय, सरोकार बलाको सहयोग परिचालन, अभियान संदेशको परिचय, हिड्दा हिड्दै दिने एक मिनेटको सन्देश, निर्वाचन अभियानका लागि कोष संकलन, अभियान योजना र रणनीतिहरुको निर्माण र आदान प्रदान,चुनौती र समाधान, निर्वाचनमा हुने लैँगिकतामा आधारित दुव्र्यवहारको प्रतिकार अभियान योजना निर्माण लगायतका विषयमा महिला वडा सदस्यहरुलाई प्रशिक्षित गरेको माण्डवीको अनुगमन तथा मुल्यांकन अधिकृत प्रियंका ठाकुरले जानकारी दिनुभयोे ।

Comment here