समाज

धनुषाधामका पुरुष जनप्रतिनिधिलाई माण्डवीले दिए प्रशिक्षण

जनकपुरधाम माघ १० गते । लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले पुरुष जनप्रतिनिधिलाई महिला नेतृत्वको भुमिका सम्बन्धी मंगलबार धनुषाधामका जनप्रतिनिधि संग अन्तरक्रिया गरेको छ । लैंगिक समानतालाई जनप्रतिनिधिहरुले व्यवहारमा लागु गर्न धनुषाधाम नगरपालिकाका ८ जना वडा अध्यक्ष संगै १७ जना पुरुष जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण दिइएको छ । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सो प्रशिक्षण दिइएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । सहभागी पुरुष जनप्रतिनिधिहरुलाई प्रशिक्षक बेदबहादुर घिमिरे तथा संझना वर्माले प्रशिक्षण दिनुभइको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी एवम् अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा प्रशिक्षकहरुले सहभागी पुरुष जनप्रतिनिधिहरुलाई महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठान गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिनुभएको अधिकृत चौधरीले जानकारी दिनुभयो । लैँगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका विषयमा भएको अन्तरक्रियामा सहभागी पुरुष जनप्रतिनिधिहरुले यस्ता प्रशिक्षणबाट आफुहरुमा लैँगिक समानताका विषयमा थप जानकारी भएकाले यसका पालिकाको सर्वाङिगक विकासमा महिला जनप्रनितिहिरुको अर्थपुर्ण सहभागिताका लागि सहयोग पुग्ने बताएका थिए ।शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत यो भन्दा पहिला धनुषाको जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका,मुखियापट्टी मुसहरनियाँ गाउँपालिका,महोत्तरी जिल्लाको औरही नगरपालिकाका, पिपरागाउँपालिका, जलेश्वर नगरपालिकाका पुरुष जनप्रतिनिधि संग अन्तरक्रिया सम्पन्न भएको छ । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा संचालित छन् ।

Comment here