जनकपुरधाम । उच्छृङ्खल गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले बुधवार १७ जनालाई पक्राउ गरेको छ । होली पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।सार्वजनिक ठाउँमा हो हल्ला गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको र पक्राउ परेका केहीलाई अभद्र व्यवहारको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । सामान्य बदमासी गरेकाहरुलाई भने सोधपुछ गरी छाडिने उनले बताए । त्यस्तै मादक पदार्थ सेवन गरेको र बिना हेल्मेट मोटरसाइकल चलाएको आरोपमा २९० वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । साभार : रातोपाटी
धनुषामा उच्छृङ्खल गतिविधि गर्ने १७ जना प्रहरीको नियन्त्रणमा
२५ फाल्गुन २०७९, बिहीबार १२:३४0


सम्बन्धित समाचार
१९ असार २०७८, शनिबार १८:१०0
शनिबार २३ सय कोभिड बिरामी थपिए, थप १९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा मुलुकमा २,३२८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १,३३,९५,८३७ पीसीआर र ४२९६ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
शन
Read More
८ मंसिर २०७९, बिहीबार १२:३७0
गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु
Read More
२ बैशाख २०७९, शुक्रबार ११:५२0
नयाँ वर्ष, मधेस र भ्रष्टाचार
धर्मेन्द्र झा
हिन्दु मान्यताअनुसारको पात्रोमा एउटा अर्को नयाँ वर्ष थपिएको छ । यस आधारमा बिहीबारदेखि विक्रम संवत् २०७९ प्रारम्भ भइसकेको छ । त्यसो त पात्रोको पाना पल्टिनुको मात्र कुनै अर्थ हुँदैन ।
Read More
Comment here