जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।साभार : नेपाल प्रेस
धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
१६ माघ २०७९, सोमबार १२:४४0


सम्बन्धित समाचार
२९ कार्तिक २०७९, मंगलवार ११:५४0
चुनावमा ३ दिन विद्यालय र २ दिन सरकारी बिदा
काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा
Read More
८ मंसिर २०७९, बिहीबार १२:३७0
गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु
Read More
२३ आश्विन २०७९, आईतवार १२:१३0
टिकट नपाएपछि जसपा मधेसका वरिष्ठ उपाध्यक्ष यादव कांग्रेस प्रवेश गर्दै
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादवले टिकट नपाएपछि पार्टी परित्याग गर्ने भएका छन् ।नेता यादव प्रदेशसभामा टिकटका आकांक्षी थिए । तर, टिकट नपाएपछि उनी न
Read More
Comment here