ढल्केवर, फागुन २१ गते । जनकपुर–ढल्केवर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीया सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार शनिबार राती ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ठाकुर र साहको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । साभार : गोरखापत्र
धनुषामा दुर्घटना हुँदा दुईको मृत्यु
२१ फाल्गुन २०७९, आईतवार १२:१८0


सम्बन्धित समाचार
३ माघ २०७९, मंगलवार ११:५२0
मधेश प्रदेशः आज सभामुख निर्वाचन
जनकपुरधाम । मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ । नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवल
Read More
२७ पुष २०७९, बुधबार १५:४८0
डि.आर.टी बी होस्टलका बिरामीलाईस्वास्थ्य सामाग्री हस्तान्तरण
जनकपुरधाम, २७ गते पुस । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका विरामीहरुलाई बुधबार स्वास्थ्य तथा चिसोबाट बच्न विभिन्न सामानहरु वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल
Read More
९ श्रावण २०७८, शनिबार १९:०८0
शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।शनिबार थप १६ जनाको मृत्यु भएको छ ।
Read More
Comment here