समाज

धनुषामा ७ पूर्व मन्त्रीहरूको उम्मेदवारी दर्ता

जनकपुरधाम । दुई वटा गठबन्धनका तर्फबाट धनुषाका ४ वटा प्रतिनिधिसभा क्षेत्रमा सात जना पूर्व मन्त्रीहरूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभयो भने एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दर्ता गराउनुभयो ।

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट माओवादी केन्द्रबाट मातृका यादव निर्वाचित हुनुभएको थियो ।

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराउनुभएको छ भने हालै एमाले प्रवेश गर्नुभएका पूर्व मन्त्री उमाशङ्कर अरगरियाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट पूर्वमन्त्री एवं लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गर्नुभएको छ भने एमाले जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेका नेतृ पूर्वमन्त्री जुलीकुमारी महतो महासेठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री रघुवीर महासेठले उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेपाली काँग्रेसको तर्फबाट पार्टीका सह-महामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवले उम्मेदवारी दिनुभएको छ ।साभार : रेडियो नेपाल

Comment here