जनकपुरधाम । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।लोसपा धनुषा क्षेत्र नम्वर ३ को क्षेत्रिय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् ।तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट ३२ हजार ४४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेसँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका रामचन्द्र झा मात्र १८ हजार ७१५ मत पाएका थिए । काँग्रेसका उम्मेदवार रामकृष्ण यादव १५ हजार ४४२ मत ल्याएका थिए ।अहिले झा नेकपा एकिकृत समाजवादी छन् । र उनी पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । त्यस्तै काँग्रेसबाट यो पटक पनि यादव नै उम्मेदवार सिफारिस भएका हुन् । जसपाले उपेन्द्र यादवलगायतका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेबाट अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।यो क्षेत्रमा सत्ता गठबन्धनमा आवद्ध दलमध्ये कुनै एकले मात्र उम्मेदवारी दिए पनि लोसपाका अरगरियालाई हराउन चुनौती देखिएको छ । पटक पटक सांसद बनेकाहरुको तुलनामा अरगरियाले यस क्षेत्रमा बढी विकास गरेकाले मजबुत पक्कड बनाएको स्थानीय बताउँछन् ।साभार : नेपाल प्रेस
धनुषा २ मा लोसपाबाट पूर्वमन्त्री अरगरिया सिफारिस
१८ भाद्र २०७९, शनिबार १८:२२0


सम्बन्धित समाचार
१६ जेष्ठ २०७९, सोमबार २०:०४0
विद्युतीय चुलो प्रयोग सम्बन्धी अन्तरक्रिया सम्पन्न
बटुकनाथ झाजनकपुरधाम, १६ गते जेठ ।मुलुक भरि खाना पकाउने एलपी ग्यासको मृल्य बृद्धि भईरहेको बेला विद्युतीय चुलो प्रयोगबाट हुने फाइदाका विषयमा एक कार्यक्रममा जोर दिइएको छ ।क्लिन कुकि एलाईन्स काठमाडौँको आ
Read More
२७ बैशाख २०८०, बुधबार ०६:२५0
साक्षर मधेश प्रदेशका लागि अनौपचारिक शिक्षामा लगानी अब स्थानीय सरकारले नै गर्नुपर्ने हुन्छ
जनकपुरधाम बैसाख २६ गते । जनकपुरधाम । विद्यालय बाहिर रहेका मधेश प्रदेशका नागरिकलाई सक्षर बनाई यो प्रदेशलाई साक्षर प्रदेश घोषणा गराउन अब स्थानीय तहले नै जिम्मेबारी लिनु पर्ने भएको छ । साक्षर प्रदेश
Read More
२३ श्रावण २०७८, शनिबार १७:५१0
बाख्रीको मासु बिक्री गरेको आरोपमा ४ जना पक्राउ
२३ साउन, काठमाडौं । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्
Read More
Comment here