समाज

नगरको अनुहार फेर्छु : नगर प्रमुख साह

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत लोहनामा जमुनी कटहा सिचाई कृषि सडकको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बिहीवार जमुनी कटहा सिचाई कृषि सडकको शिलान्यास गरेका हुन । शिलान्यास गर्दै नगर प्रमुख साहले भने आफुले जनताको सेवा गर्ने अवसर पाएको र नगरको अनुहार फेर्छु । उनले आफु बोलेर हैन गरेर देखाउने बताए । नगरको विकासकालागि मैले प्रतिवद्धता गरे अनुसार अगाडि बढने बताउंदै उनले फोहरमैलाको व्यवस्थापन चाडै गरिने बताए । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा समेत कृषिलाई विशेष प्राथमिकता दिईने उनले बताए । सिचाई र सडकले कृषकलाई सुगम हुने र कृषि क्षेत्रको विकासमा समेत मदत पुग्ने उनले बताएका छन ।
करिब सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुग्ने सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको जमुनी कटहा सिचाई आयोजना बहुअर्वा धनुषा समितिका अध्यक्ष प्रवेश चौधरीले बताएका छन । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साह , पुर्व सचिव गजेन्द्र ठाकुर , पुर्व गाविस अध्यक्ष बिनोद ठाकुर , मो.शोयब रेजा , मो.कैस , मो.शेख हसन सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

Comment here