समाज

नगर प्रमुख साहद्वारा रंगभुमि मैदानको निरिक्षण

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले रंगभुमि मैदान (बाह« विघा) को निरिक्षण गरेका छन । मंगलवार रंगभुमि मैदान पुगेका नगर प्रमुख साहले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन् । नगर प्रमुख साहले विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि जनकपुर नगर क्षेत्रभित्र रहेको धार्मिक महत्वका सबै धरोहरहरुको संरक्षण सम्वद्र्धनमा आगाडि बढेको जानकारी गराए ।

कार्यक्रममा बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह , प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशि , वरिष्ठ ईन्जिनियर बिरेन्द्र यादव सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Comment here