समाज

नयाँ प्रबिधियुक्त अनुसन्धान प्रक्रिया बढाउन मधेश सरकार फोरेन्सीक ल्याब स्थापना गर्ने ः मन्त्री साह

बटुकनाथ झा ,

जनकपुरधाम साउन ३१ मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरीलाई नयँ प्रबिधियुक्त अनुसन्धान प्रक्रियालाई सहयोग गर्न फोरेन्सीक ल्याब स्थापना गर्ने बताएका छ्न । प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को जनकपुरधाममा सम्बोधन गर्दै उनले प्रहरीलाई शान्ति सुरक्षाका लागि सवारी साधन, विपद व्यवस्थापनका लागि सामग्री उपलब्ध गराएको बताउदै अगामी दिनमा समेत मदत गर्ने बताए । उनले आगामी मंसिर ४ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष तथा मर्यादित बनाउनमा प्रहरी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने बताए । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीको जनकपुरधाममा उद्घाटन गर्दै उनले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सफल बनाउनमा प्रहरी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने बताए । सो कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरज प्रताप सिँहले मधेश प्रदेशमा साइबर अपराध तथा आर्थिक अपराध बढेकाले यसको मुद्धा दर्ताको व्यवस्था प्रदेश स्तरमा नै हुनुपर्ने बताउनु भएको छ । प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०७९ को जनकपुरधाममा सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयरहित र निष्पक्ष बनाउनमा नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । उनले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उद्देश्य रहेको बताउँदै त्यसका लागि सङ्गठन पूर्ण रुपमा तयार भएको बताए । प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेका बीच कहिलेकाहीँ एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीन वटै तहका बीचमा समन्वय र सहकार्य राम्रो हुनु पर्ने धारणा राखे । सो कार्यक्रममा बोल्दै नेपाल प्रहरीका केन्द्रिय अनुस्न्धान व्युारो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले नेपालमा अपराधको प्रकृति र प्रबृति फरक भएको बताए । पहिला अपरिचित व्यक्तिबाट अपराध हुन्थ्यो भने अहिले ८० प्रतिसन अपराध आफन्तबाट नै भईरहेको बताउदै प्रबिधिको विकास संगै नेपालमा साइबर अपराधमा बढोत्तरी भएकाले परम्परागत शैलीले अपराध अनुसन्धानमा समस्या भएकाले प्रहरीलाई प्रबिधीयुक्त बनाउन प्राथमिकता दिनुपर्ने बताए । मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक मसाउद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र कुमार झा, मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो सहितका प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेका थिए । कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रहरी प्रमुखहरूको पनि सहभागिता रहेको छ ।

Comment here