मनोरंजनसमाज

नयाँ फिल्ममा फुड डेलिभरी ब्वाइ बन्दै कपिल शर्मा

काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले नयाँ चलचित्र साइन गरेका छन् । चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरङ्गी’पछि कपिल नयाँ चलचित्रबाट दर्शकमाझ आउन लागेका हुन् ।नन्दिता दासको निर्देशनमा बन्ने नयाँ चलचित्रमा उनले काम गर्न लागेका हुन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । मार्च महिनाबाट यो चलचित्रको छायांकन सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।चलचित्रमा कपिल शर्मा फुड डेलिभरी ब्वाइको भूमिकामा देखिनेछन् । चलचित्रमा कपिलकी श्रीमतीको भूमिकामा कलाकार साहना गोश्वामीले अभिनय गर्ने पक्का भएको छ ।चलचित्रलाई ओडीसामा छायंकन गरिने जनाइएको छ । एप्पल प्लस इन्टरटेन्मेन्ट, समिर नायर र नन्दिता दासले मिलेर बनाउन लागेको यो चलचित्र कमेडी जनराको हुनेछ ।टेलिभिजनमा कमेडी शो सञ्चालन गरेर सर्वाधिक चर्चा कमाएका कपिलको डेब्यु चलचित्र ‘किस किसको प्यार करुँ’ हिट भएको थियो । तर दोस्रो चलचित्र ‘फिरङ्गी’ बक्स अफिसमा असफल भएपछि कपिल डिप्रेसनमा समेत पुगेका थिए । यो चलचित्रमा कपिलकै लगानी थियो ।साभार : अनलाइनखबर

Comment here