काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।साभार : रातोपाटी
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे
२८ फाल्गुन २०७९, आईतवार १३:११0


सम्बन्धित समाचार
१६ माघ २०७८, आईतवार ११:५४0
समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि :राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पू
Read More
२९ श्रावण २०७९, आईतवार २२:०१0
चुरे संरक्षण आन्दोलनकारीले गरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक
जनकपुरधाम, साउन २९ गते । विगत २६ दिन देखि तीन बूँदे माग अगाडी सार्दै धर्नामा रहेका चुरे तथा वनजंगल संरक्षण अभियानका आन्दोलनरत सुकुम्बासीहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन । मधेशका दलित
Read More
३१ श्रावण २०७९, मंगलवार १९:२१0
नयाँ प्रबिधियुक्त अनुसन्धान प्रक्रिया बढाउन मधेश सरकार फोरेन्सीक ल्याब स्थापना गर्ने ः मन्त्री साह
बटुकनाथ झा ,
जनकपुरधाम साउन ३१ मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले नेपाल प्रहरीलाई नयँ प्रबिधियुक्त अनुसन्धान प्रक्रियालाई सहयोग गर्न फोरेन्सीक ल्याब स्थापना गर्ने बताएका छ्न ।
Read More
Comment here