काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षामा जम्मा १८ हजार जना उत्तीर्ण भएका छन् ।आयोगले गत साउन २८ गते परीक्षा सञ्चालन गरेको थियो । जसमा १ लाख ८१ हजार ५६९ जनाले सहभागी थिए । उत्तीर्ण हुने भने ३३ हजार १ सय ५८ मात्रै छन् । यो १८.२६ प्रतिशत हुन आउँछ । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् । त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका छन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यो झन्डै २५ प्रतिशत हुन आउँछ । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७ सय ५१ जना पास भएका छन् । यो लगभग २२ प्रतिशत हो । लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तिर्ण भएका छन् । यो २०.७७ प्रतिशत हुन आउँछ । यसैगरी कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ । सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।साभार : कोसी अनलाइन


Comment here