समाज

निर्वाचनमा एमालेसँग गठबन्धन हुन्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग गठबन्धन गर्ने बताएका छन् । मङ्गलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले अबको केही महिनामा हुनलागेको स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुनसक्ने सम्भावना रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका दलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपाल भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनसम्म तालमेल हुनसक्ने ठाकुरको भनाइ छ ।एमालेसँग आफूहरूको कुनै असन्तुष्टि नरहेको भन्दै अध्यक्ष ठाकुरले आउँदो स्थानीय तह निर्वाचनका लागि एमालेसँगै छलफल हुने बताए ।  साभार : कोसी अनलाइन


Comment here