समाज

नेता चौधरीलाई मंत्रीमण्डलमा सहभागी गराउन युवाहरुको माग

जनकपुरधाम | कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए । मन्त्रीमण्डलमा नेपाली कांग्रेसका पुराना नेता एवं काग्रेसका कार्यकर्ताको लागि सधैं अग्रमोर्चामा रहेर काम गरेका धनुषाका पुर्व जिल्ला सभापति , संसदीय लेखा समितिका पूर्व सभापति समेत भइसकेका लोकपि्रय नेता एवं सांसद स्मृति नारायण चौधरी लाई पार्टीले मूल्यांकन गरी सरकारमा सहभागी गराउनुपर्ने माँग युवाहरुले गर्न थालेका छन ।

धनुषाले चाहेको प्रदेश २ ले रुचाएको जनमनको नेता स्वच्छ छवि भएका चौधरीलाई मन्त्रीमण्लमा लिन काङ्ग्रेसका शीर्ष नेताहरुले चुक्नु नहुने युवा नेता सन्जीप यादवको भनाई छ। सामाजिक संजाल मार्फत युवाहरुले शिर्ष नेताहरुलाई आग्रह गरिरहेका छन ।

Comment here